प्रदेश २ का कर्मचारीहरुले आन्तरिक पर्यटनमा जाँदा एक महिनाको थप तलब पाउने

२३ कात्तिक ७६, आइतबार

२४ कार्तिक, धनुषा । प्रदेश २ मा कार्यरत्त निजामती कर्मचारीहरुले अब आन्तरिक पर्यटनमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले प्रदेश २ सरकारले यस्तो कानुन बनाएको हो ।

Advertisement

प्रदेश स्तरीय निकायका निजामती कर्मचारीहरुको आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन सम्बन्धी निर्दे्शिका २०७६ ले देश भित्र कुनै पनि पर्यटकीय क्षेत्र घुम्न जाने कर्मचारीलाई एक महिनाको तलब सुविधा प्रदान गर्ने निर्धारण गरेको छ । तर त्यस्ता कर्मचारीले निर्दे्शिकाले तोकेको केही दायित्व र आचारसंहिता पालना गर्नुपर्ने उल्लेख छ ।

भ्रमण सकेर कार्यालयमा हाजिर भएको सात दिनभित्र आफू घुमेको पर्यटकीय स्थल, त्यहाँको आफूसहितको तस्बिरहरुलगायत भ्रमणको विस्तृत प्रतिवेदन सम्बन्धित निकायमा पेश गरे मात्र एक महिना बराबरको थप तलब भुक्तानी हुने निर्दे्शिकामा जनाइएको छ । कर्मचारी भ्रमणमा जानु अघि पनि एक महिनाको थप तलब पेश्कीको रुपमा लिन सक्ने छन् । तर, प्रतिवेदन बुझाए मात्र पेश्की लिएको रकम फर्छौट हुने निर्दे्शिकामा उल्लेख छ ।

Advertisement

सबै निजामती कर्मचारीले यस्तो सुविधा पाउन सक्ने छैनन् । यो सुविधाका लागि प्रदेश २ मा कम्तीमा ६ महिना काम गरेको हुनुपर्ने निर्दे्शिकामा उल्लेख गरिएको छ । निर्दे्शिकामा ‘प्रदेश निकायमा हाजिर भएर ६ महिना सेवा पूरा गरेका संघीय तथा प्रादेशिक निजामति कर्मचारीहरु यस निर्दे्शिका बमोजिमको आन्तरिक पर्यटनमा सहभागि हुन सक्नेछन्’ लेखिएको छ ।

निजामती कर्मचारी आफू कार्यरत जिल्लाबाहेक प्रदेश अथवा देशभित्रको जुनसुकै पर्यटकीय स्थलको भ्रमणमा जान सक्नेछन् । भ्रमणमा गएका कर्मचारीले खर्च विवरण बुझाउनुपर्ने छैन । प्रदेश नम्बर २ को आर्थिक वर्ष २०७६र०७७ को राजस्व र व्ययको अनुमान बजेट वक्तव्यको बुँदा नम्बर १२२ ले दिएको नीतिगत अधिकार प्रयोग गर्न प्रशासकीय कार्य्विधि (नियमित गर्ने) ऐन २०७५ को दफा नम्बर २ बमोजिम प्रदेश सरकारले यो निर्दे्र्शिका बनाएको जनाएको छ । प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले प्रदेश २ मा पर्यटन प्रवर्द्धन, कर्मचारीलाई स्थायित्व राख्ने उद्देश्यले निर्दे्शिका प्रदेश सरकारले बनाएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top