२५ कार्तिक, एजेन्सी । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । गत महिना भएको पुन निर्वाचनपछि विवादमा आएका राष्ट्रपति मोरालेसले पदबाट राजीनामा दिएका हुन् ।
अन्तर्रा्ष्ट्रिय निर्वाचन पर्यवेक्षकहरुले बोलिभियामा गत अक्टोबरमा भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली भएको भन्दै पुन निर्वाचन गर्न दबाब दिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । राजीनामा संगसंगै मोरालेसले देशमा पुन चुनाव गर्ने घोषणा समेत गरेका छन् । बोलिभियाका राजनीतिक दल र सेना तथा प्रहरी प्रमुखहरुले समेत पद छोड्न दबाब दिएपछि मोरालेसले राजीनामा दिएका हुन् ।
राष्ट्रपतिको राजीनामा माग गर्दै बोलिभियाका सर्वसाधारणले विरोध प्रदर्शनसमेत गरेका थिए । सरकार बिरोधी प्रदर्शनमा राष्ट्रपतिका सहयोगीहरुमाथि आक्रमण हुन थालेपछि उनले टेलिभिजन सम्बोधनमा आक्रमण बन्द गर्न, आगजनी र तोडफोड नगर्न अपील गरेका थिए । प्रदर्शन चर्कँदै गएपछि अमेरिकी राज्य संगठनले चुनावी परिणामको अनुगमन गरी त्रुटीपूर्ण रहेको ठहर गरेको थियो ।
यता राष्ट्रपतिको राजीनमा पछि उपराष्ट्रपति अल्बारो गार्सिया लाइनरा र सिनेटका अध्यक्ष समेतले राजीनमा दिएका छन् ।
