एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालको लगातार दोस्रो जित

एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालको लगातार दोस्रो जित

२५ कार्तिक, काठमाडौं । एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमा अफगानिस्तानलाई ३-० को सोझो सेटमा हराएको नेपालले आज भएको दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३-० कै सेटमा पाखा लागाएको छ । नेपालले पहिलो सेटमा २५-१५ , दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-२० ले किर्गिस्तानलाई पराजित गरेको हो ।

आइतबार नेपालले पहिलो खेलमा अफगानिस्तानमाथि ३-० को सेटमा सहज जित हात पारेको थियो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत भोलि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.