सोलुमा लेक लागेर बिदेशी नागरिकको मृत्यु

सोलुमा लेक लागेर बिदेशी नागरिकको मृत्यु

२५ कात्तिक, सोलुखुम्बु ।
नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु भएको छ । कार्तिक १८ गते सोलुखुम्बु आएर खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको चोयुभ्युलज–७ रेष्टुरेण्टमा बास बसेका फ्रान्सेली नागरिक २८ बर्षीय म्यारोन गेटोन लुईसको मृत्यु भएको हो ।

लेक लागेर बिरामी भएका उनको स्थानीय प्राथामिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा आइतबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शवलाई सिम्रिक एयरको हेलिकोप्टर द्धारा काठमाण्डौको त्रि.वि. शिक्षण अस्पताल पठाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.