संघीय संसदको हिउँदे अधिवेशन बोलाउन नेतृ संग्रौलाको माग

२५ कात्तिक ७६, सोमबार
Share this
751shares

२५ कात्तिक, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेकी छन् । लिपुलेक, कालापानी हाम्रो हो भनेर संसदबाट प्रस्ताव पारित गरेर भारतसँग राजनीतिक वार्तामा बस्न पनि सरकारले संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई गर्न नहुने काँग्रेस सांसद संग्रौलाको भनाई छ ।

Advertisement

‘लिपुलेक, कालापानी हाम्रो हो भनेर सदनबाट प्रस्ताव पारित गर्न पनि संसदको हिउँदे अधिवेशन तत्काल बोलाउनु पर्दछ,’ सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भनिन्,‘भारतसँगको सीमा समस्या समाधानका लागि सर्वपक्षीय राजनीतिक वार्ता भयो, अब सदन बोलाएर त्यसबाट पनि यो प्रस्ताव पारित गरेर अघि बढनुपर्छ ।’सांसद संगौलाले भारतले सीमा अतिक्रमण भएको राजनीतिक नक्सा सार्वजनिक गरेर नेपालको स्वाभिमान माथिनै आँच पु¥याउन लागि सकेको उल्लेख गर्दै दुई मुलुकबीचको सीमा एकीन गर्न पनि सरकारलाई सचेत गराइन् ।

कांग्रेस सांसद संगौलाले भारतले नेपाली भूमि हड्पेको दाबी गर्दै अव ती समस्या समाधानका लागि सरकारले निर्णायक वार्ता गर्ने बेला आएको पनि पटक पटक दोहो¥याइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top