भ्रमण बर्षको प्रचारका लागि ४ भाषामा टेलिभिजन कार्यक्रम

भ्रमण बर्षको प्रचारका लागि ४ भाषामा टेलिभिजन कार्यक्रम

२८ कात्तिक, काठमाडौँ ।
भ्रमण बर्ष २०२० को प्रचार–प्रसार गर्न पाक्षिक टेलिभिजन ‘ट्राभल सो’ प्रशारण गरिने भएको छ । ‘नेपाल भ्रमण वर्ष २०२० ’ को सचिवालयले बिहिबार पत्रकार सम्मेलन गर्दै द डेष्टिनेशन भन्ने पाक्षिक कार्यक्रम प्रशारण गर्ने बताएको हो ।

कार्यक्रम नेपाल टेलिभिजन तथा हिमालयन टेलिभिजन मार्फत प्रसारण हुनेछ । कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिनेछ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष छ ।

कार्यक्रममा पर्यटकीय गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथाहरुलाई समेटिने जनाएको छ । कार्यक्रम नेपाली भाषासहित हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा समेत सबटाइटल रहने गरी निर्माण हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.