उद्योगपति रुप ज्योतीविरुद्ध मुद्दा नचलाइने

उद्योगपति रुप ज्योतीविरुद्ध मुद्दा नचलाइने

२९ कार्तिक, काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योतीविरुद्ध मुद्दा नचलाइने भएको छ ।

प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकीलको कार्यालयमा प्रतिवेदन पेश गरेको भएपनि जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार ठगीमा परेको भनिएका पीडितले आफुले पाउनुपर्ने रकम पाइसकेको निवेदन दिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जानकारी दिए ।

उद्योगी ज्योतीलाई रिहा गर्न प्रहरीलाई पत्राचार गरिसकेको जानकारी पनि उनले दिए । यही कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं फर्कने क्रममा उनलाई प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले ०७५ मंसिर २० गते ज्योतिको नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.