निर्वाचन आचारसंहिताको पालना गराउन कांग्रेसले गरायो ध्यानाकर्षण

२९ कात्तिक ७६, शनिबार

२९ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

Advertisement

नेपाली कांग्रेस निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी सो उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगको गम्भिर ध्यानाकर्षण गराएको हो ।

काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका कांग्रेस नेता एवम् सो अनुगमन समितिका संयोजक रमेश लेखकले निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरित सांसदहरुको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को योजना छनौटका लागि भईरहेका परामर्श बैठकहरु तत्काल स्थगित गराउन पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग आग्रह गरेको हुन् ।

Advertisement

त्यसैगरी कांग्रेस अनुगमन समितिले उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन प्रभावित हुने गरी मतदाताहरुलाई प्रलोभनमा पार्ने गरी मन्त्रीहरुले विकास, निर्माणका योजनाहरु छनौट गर्ने गरेको दावी गर्दै त्यस्ता निर्वाचन आचारसंहिता विपरितका गतिविधि पनि तत्काल रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरितका कुनै पनि गतिविधि सांसद, मन्त्रीलगायतका कोहीबाट पनि हुन नदिन निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराइएको समितिका संयोजक एवम् कांग्रेस नेता लेखकले जानकारी दिए ।

Advertisement

आगामी मंसीर १४ गते ३७ जिल्लामा रिक्त रहेका प्रतिनिधिसभा सदस्य १ तथा प्रदेश सभा र स्थानीय तहको विभिन्न ५२ वटा पदका लागि निर्वाचन हुँदैछ ।

नेपाली कांग्रेसले सोही उपनिर्वाचन निर्वाचन हुने पाँचथर, बाग्लुङ, संखुवासभालगायतका जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरित सांसद कोषको योजना तर्जुमा गर्ने तथा मन्त्रीहरुले विकास निर्माणका विभिन्न कार्यक्रम घोषणा गर्ने काम गरिरहेको दावी गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top