लियो क्लब अफ विराटनगर सेन्ट्रलको निःशुल्क शिविरमा १९७ जना लाभान्वित

लियो क्लब अफ विराटनगर सेन्ट्रलको निःशुल्क शिविरमा १९७ जना लाभान्वित

३० कात्तिक, विराटनगर ।
लियो क्लब अफ विराटनगर सेन्ट्रलले रंगेलीमा सञ्चालन गरेको निःशुल्क अँखा तथा मधुमेह जाँच शिविरमा १९७ जनाले जाँच गराएका छन् ।

शनिबार सञ्चालन गरिएको शिविरको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले उद्घाटन गरेका थिए । रंगेली–५,६ र ७ का वडाअध्यक्षको समेत सहभागीता रहेको शिविरमा मेयर बगडियाले समेत आँखा जाँच गराएका थिए ।

आँखा जाँच गराएका मध्ये मातीयाविन्दु फेला परेका ३० जनालाई रामलाल गोल्छा आँखा अस्पताल विराटनगर ल्याईएको लियो क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष लियो शिव शंकर मण्डलले जानकारी दिए । त्यस्तै मधुमेह जाँच गराएका ५४ जनालाई मधुमेह भेटिएको उनले बताए ।

रंगेली ल्याब क्लिनिक रंगेली र रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.