भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी, सम्‍पूर्ण अधिकार प्रधानमन्‍त्रीलाई

१ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुने जनाईएको छ ।

Advertisement

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार साँझ बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको हो ।

बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ। तर कुनकुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन ।

Advertisement

‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ’, बैठकपछि एक सचिवालय सदस्यले भने, ‘मन्त्रीको नाम टुंगो नलागेकाले यसको जिम्मा प्रधानमन्त्रीलाई दिइएको छ’

स्रोतका अनुसार हटाउने मन्त्रीको नाम र नयाँ मन्त्रीको नाम सोमबार बिहानसम्ममा टुंगो लाग्नेछ। बैठकपछि पत्रकारसँग कुरा गर्दैै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने यो विषयमा छलफल नै नभएको बताएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top