निर्मला हत्या प्रकरण : किटानी जाहेरीबारे प्रजिअको ध्यानाकर्षण

२ मंसिर ७६, मंगलबार

२ मंसिर,कञ्चनपुर ।

बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका– २ की १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा किटानी जाहेरी दिएको दुई महिना बिति सक्दासमेत सुनवाइ हुन नसकेपछि आज प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्तसहितको अधिकारर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई भेटेर किटानी जाहेरीबारे ध्यानाकर्षण गराएको हो । निर्मलाकी आमा दुर्गादेवीले गत भदौ २२ गते दिलीपसिंह विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । निर्मलाकी आमा दुर्गादेवीले प्रमुख जिल्ला अधिकारी वैद्यलाई भेटेर किटानी जाहेरी दिएको दुई महिना बित्तिसक्दा समेत सुनवाइ हुन नसकेको भन्दै असन्तुष्टि पोखिन् ।

Advertisement

‘छोरीको हत्या भएको लामो समय बितेको छ’, उनले भनिन्, ‘हत्यारा पत्ता लाग्न सकेको छैन, किटानी जाहेरीमा उल्लेखित व्यक्तिसँगसमेत सोधपुछ गरिएको छैन, किटानी जाहेरीमा नाम उल्लेख गरिएका व्यक्ति दोषी हैन भने अर्को अपराधि को हो पत्ता लगाई दिनुप¥यो ।’ दिलीपले हत्यारा आफै भएको विभिन्न सञ्चारमाध्यममा भन्दै आउँदासमेत सोधपुछ नगरिएको उनले बताइन् ।

प्रमुख जिल्ला अधिकारी बैद्यले डिएनएलाई प्रमाण मान्न नसकिने ठहर भएपछि अनुसन्धानको दायरा साघुरिँदै गएको बताए । ‘किटानीबारे प्रमाण जुटाउने कार्य भइरहेको छ’, उनले भने, ‘प्रमाण जुटने वित्तिकै कारवाही प्रक्रिया अगाडि बढ्छ ।’ झण्डै डेढवर्ष अघि घरबाट गुहकार्य गर्नका लागि साथीको घर गएपछि हराएकी निर्मलाको उखुबारीमा शव फेला परेको थियो ।

Advertisement

प्रहरीले विभिन्न अनुसन्धान टोली गठन गरी हत्याको छानबिनका लागि प्रक्रिया अगाडि बढाए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top