लिलामीमा परेको घर जनप्रतिनिधिको रोहबरमा सम्बन्धीत घर धनीलाई

लिलामीमा परेको घर जनप्रतिनिधिको रोहबरमा सम्बन्धीत घर धनीलाई

विराटनगर, फागुन २०
विराटनगरमा लिलामीमा परेको एक घर साबिकको घरधनीले लामो समयसम्म हस्तान्तरण गर्न नमान्दा जनप्रतिनिधिको रोहबरमा सम्बन्धित ब्यक्तिलाई बुझाइएको छ ।

विराटनगर–१४ जतुवामा रहेको डाक्टर दिलिप अधिकारीको घर निलामीमा परेको ७ महिनासम्म निलामी सकार गर्ने ब्यक्तिलाई हस्तान्तरण नगरेपछि स्थानिय जनप्रतिनिधि र प्रशासनले सम्बन्धित ब्यक्तिलाई सो घर बुझाएका हुन् ।

सुनसरी सितागञ्जस्थित एभरेष्ट साईन्स सेन्टरका सञ्चालक दिलीप अधिकारीको निलामीमा परेको सो घर स्थानिय अशोक यादवले खरीद गरेकाम थिए ।

तर, ७ महिनासम्मपनि आफुले खरीद गरेको घरमा प्रवेश गर्न नपाएपछि वडा नम्बर १४ को वडा कार्यालयमा दिएको निवेदनअनुसार स्थानिय जनप्रतिनिधि र प्रहरी प्रशासनको रोहबरमा साबिकको घरधनिले लगाएको ताल्चा फुटाएर घरधनिलाई जिम्मा लगाइएको वडा नम्बर १४ का वडा सदस्य महिचन्द यादवले जानकारी दिए ।

साबिकको घरधनिका घरभित्र रहेका फर्निचर लगायतका सामानहरुको मुचुल्का उठाइएको र अधिकारी सम्पर्कमा आएपछि ती सामान जिम्मा लगाईने उनले जानकारी दिए ।

जतुवाको गौशाला छेउमा १० धुर जग्गामा बनेको एकतले घर ३२ लाखमा निलामी भएको बताइएको छ । अधिकारीले महालक्ष्मी विकास बैंकबाट लिएको ऋणको साँवा ब्याज नतिरेपछि सो घर निलामी भएको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.