कुवेतसँग १–० ले पराजित भयो नेपाल

३ मंसिर ७६, मंगलबार
Share this
729shares

३ मंसिर, विराटनगर।
कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत मंगलबार कुवेतसँग नेपाल १–० ले पराजित भएको छ ।

Advertisement

भूटानको थिम्पुस्थित चांलिमिथाङ रंगशालामा मंगलबार अपरान्ह भएको खेलमा कुवेतले मध्यान्तरअघि १ गोल गर्दै अग्रता लिएको थियो ।

यो खेल नेपालको पहिलो घरेलु खेल भएपनि दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण नभएपछि न्युट्रल भेन्युको रुपमा भुटानमा खेल्न भएको थियो ।

Advertisement

आजको खेलका लागि छनोटमा परेका चार नेपाली खेलाडी समावेश थिएनन्।

भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीसहितका खेलाडी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बर्खास्त गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top