३ मंसिर, विराटनगर ।
मोरङ प्रहरीले भन्सार छलेर भारततर्फ लैजाँदै गरेका २३ वटा गोरु नियन्त्रणमा लिएको छ । सोमबार बेलुका रंगेली नगरपालिका–२ आफन्त ईटा भट्टा छेउमा अबैध रुपमा भन्सार छलि भारत तर्फ पैदल लाँदै गरेका गोरुहरु नियन्त्रणमा लिर्ईएको हो ।
गोरुहरु जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र अस्थाई प्रहरी चौकी बेतौनाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । गोरुहरु आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
