३ मंसिर, काठमाडौं ।
नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अपहरणमा परेको छ । आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सोमबार राति ट्यांकर अपहरणमा परेको हो । उनले राती १ बजे अपहरणमा परेको बताए ।
२० हजार लिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको हो । त्यसबारे अनसन्धान गर्न अशोक शाहको नेत्त्रत्वमा छानबिन समिति गठन भएको जनाईएको छ ।