×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

सिड्नीमा वायु प्रदूषणको मात्रा जोखिमयुक्त

४ मंसिर २०७६

४ मंसिर, एजेन्सी ।
अस्ट्रेलियामा हालै फैलिएको भीषण डढेलोका कारण सिड्नी वरपरका क्षेत्रको वायु निकै प्रदूषित भएको छ ।

अधिकारीका अनुसार सिड्नी वरपरका क्षेत्रहरू बाक्लो धुवाँले छोपिएका छन् भने वायुको स्तर जोखिमयुक्त रहेको छ । सोमबार तथा मंगलबारको वायुले सहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीमा वायु प्रदूषणको मात्रा ‘जोखियुक्त’ स्तरमा पुगेको हो ।

Advertisement

स्थानीय बासिन्दाहरूले बिहान उठ्दा आफूहरूले धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

न्यु साउथ वेल्स राज्यको राजधानी सिड्नी अस्टेलियाकै ठूलो सहर हो । सिड्नीमा करिब ५० लाख मानिस बस्छन् । न्यु साउथ वेल्सको उत्तरी क्षेत्रमा केही साताअघि डढेलो फैलिएको थियो ।

अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार डढेलोका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । अधिकारीका अनुसार डढेलो अझैसम्म पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन ।

अधिकारीहरूले सिड्नीको तापक्रम केही दिन ३७ डिग्री सेल्सियस हाराहारीमा रहने जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले स्थानीयलाई अत्यावश्यक कामबाहेक घरमै बस्न र बाहिर निस्कनै परे शारीरिक बल पर्ने काम नगर्न सुझाव दिएका छन् ।

न्यु साउथ वेल्सको एम्बुलेन्स सेवाले श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसलाई थप सचेत हुनु आग्रह गरेको छ । ‘धुवाँ अझै केही दिनसम्म रहने निश्चित छ,’ न्यु साउथ वेल्सको ग्रामीण अग्नि सेवाका अधिकारीले भनेका छन् ।

गत साता नजिकैका भागहरूमा डढेलो फैलिएपछि सिड्नीमा यसअघि नदेखिएको खतरा देखिएको हो । सहरका केही भागमा वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको कम्तीमा आठ गुणा बढी मापन भएको छ ।

खासगरी मंगलबार बढेको प्रदूषणको मुख्य कारण डेढ सय किलोमिटर टाढाको बोलेमी राष्ट्रिय निकुञ्जको एक लाख ५० हजार हेक्टरमा फैलिएको डढेलो भएको अधिकारीहरूको भनाइ छ । सिड्नीको उत्तरी क्षेत्रमा नोभेम्बर ८ देखि सक्रिय डढेलो विभिन्न ५० स्थानमा फैलिएको छ ।

अधिकारीका अनुसार डढेलोका कारण कम्तीमा ४ सय ६८ संरचना ध्वस्त भइसकेका छन् । डढेलो फैलिएको क्षेत्रवरपरका बासिन्दा करिब तीन सातादेखि बाक्लो धुवाँ र वायु प्रदूषणको सिकार हुँदै आएका छन् । अधिकारी आगामी केही साता डढेलो थप बढ्न सक्ने आशंका गरेका छन् ।

छिमेकी राज्य क्विन्सल्यान्ड बढ्ने तापक्रमका कारण डढेलो झन् खतरनाक हुन सक्ने जनाइएको छ । साउथ अस्ट्रेलिया सरकारले डढेलोबाट ‘विनाशकारी’ खतरा आउन सक्ने भन्दै चेतावनी जारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

साउथ अस्ट्रेलियाको राजधानी एडिलेडमा बुधबारको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको जनाइएको छ ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top