अपेक्षाअनुरुप पैसा खर्च नभएको एडिबीको गुनासो

३ मंसिर ७६, बुधबार

४ मंसिर, काठमाडौं ।
एशियाली विकास बैंकले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षाअनुरुप नभएको जनाएको छ ।

बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको त्रिपक्षिय पोर्टफोलियो समिक्षामा एशियाली विकास बैकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन् ।

समिक्षा बैठकमा एडिबिका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडिबि सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्न तर्फ आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरे ।

Advertisement

सरकारले कतिपय परियोजनामा प्रयाप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलर देखि ४० करोड अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य पुरा हुन नसकेको उनको बताए । परियोजनाहरुमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रुपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभले बताए ।

एडिबिले हाल सम्मवार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानीगर्न सकेको छैन । उसले सन् २०१९ को दश महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।

Advertisement

समिक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले एडिबिले लगानी गरेका परियोजनाको गति र दक्षता विकासमा चुनौतिहरु रहेको र यस्तो समिक्षा बैठकले महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्ने बताए ।

सचिव ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु जुनसुकै परियोजना समयमै सम्पन्न गर्नका लागि संवेदनशिल हुनुपर्नेमाजोड दिए । उनले लगानी अभिवृद्धिका लागि अर्थमन्त्रालय सधै गम्भिर रहेको समेत बताए ।

एडिबिले हाल सम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडिबिको नेपालमा सञ्चालित ३१ परियोजनामा लगानी र २ परियोजनामा ऋण सहयोग रहेको छ ।

एडिबिले नेपालमा उर्जा, यातायात, शिक्षा, खानेपानी, शहरी विकास, कृषिलगायत क्षेत्रमा लगानी गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top