४ मंसिर, काठमाडौं ।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् ।
प्रदेश २ का प्रमुख सचिवबाट सरुवाभई आएका सचिव सुवेदीले बुधबार बिहान १० बजे सिंहदरबारस्थित संचार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।
त्यस अवसरमा उनले सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेरै मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संचार तथा सूचना प्रविधि मन्त्रालय आफ्नालागि विल्कुलै नयाँ मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयका कर्मचारीहरुको निरन्तर साथ र सहयोगको अपेक्षा पनि गरेका छन् ।
सचिव सुवेदीले मन्त्रालय नयाँ भएकाले त्यहाँ कार्यरत कर्मचारीहरु आफ्नालागि सबै गुरु भएको पनि बताए ।
सचिव सुवेदीलाई मन्त्रालयका सहसचिव विरेन्द्रकुमार मिश्रसहितका पदाधिकारीहरु तथा संचार मन्त्रालय अन्तरगतका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरुले पनि स्वागत गरेका थिए । यस अघि सो मन्त्रालयको सचिवको जिम्मेवारी महेन्द्रमान गुरुङले सम्हाल्लेका थिए ।