आजै मन्त्रिपरिषद् विस्तार हुने , चार मन्त्री हट्ने पक्का

आजै मन्त्रिपरिषद् विस्तार हुने , चार मन्त्री हट्ने पक्का

४ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बालुवाटारमा बसिरहेको नेकपा बैठकमा यसबारे छलफल हुँदैछ । अहिलेसम्म चार मन्त्री हट्ने पक्का भएको छ । थप केही मन्त्री हट्ने भनिए पनि कोको भन्ने टुंगो लागेको छैन ।

स्रोतकाअनुसार अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । यस्तै पूर्व एमालेबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ ।

पूर्व एमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्न सक्ने नेताहरु बताउँछन् । नयाँ मन्त्री कोको हुने भन्ने टुंगो लागेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.