४ मंसिर, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमै मन्त्रीपरिषद पुनर्गठन गर्दैछन् ।
नेकपा सचिवालयको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले केहीबेरमै मन्त्रीपरिषद पुनर्गठन हुने पुष्टि गरेका हुन् । ‘प्रधानमन्त्रीले यस अघि नै संकेत गरे अनुसारनै तुरुन्तै मन्त्रीपरिषद पुनर्गठन हुन्छ,’ संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता श्रेष्ठले भने, ‘ पुनर्गठनपछि हुने मन्त्रीको संख्या र नामावली भन्ने प्रधानमन्त्री आफैले घोषणा गर्नुहुन्छ ।’
बालुवाटार स्रोतको अनुसार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच नयाँ बन्ने मन्त्रीहरुको लिष्ट तयार भएपनि गोप्य राखिएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहानै अर्का अध्यक्ष दाहाललाई लिएर मन्त्रीपरिषद पुनर्गठनबारे राष्ट्रपति विद्या भण्डारीसँग पनि परामर्श गरेका थिए ।