राजपा नेपालको संयोजकमा राजेन्द्र महतो

राजपा नेपालको संयोजकमा राजेन्द्र महतो

४ मंसिर, काठमाडौं ।
राजपा नेपालको संयोजकमा राजेन्द्र महतो पुनस् चयन भएका छन‍्। बुधबार बसेको राजपा नेपालको अध्यक्ष मण्डल बैठकले चक्रीय प्रणाली अनुसार बिहीबारदेखि लागु हुनेगरी महतोलाई पार्टी अध्यक्ष मण्डलको संयोजकको जिम्मा दिइएको हो।

बैठकले तदर्थ समिति निर्माणसम्बन्धी भइरहेको कामको म्याद पनि २० दिन थप्ने निर्णय गरेको छ । राजपाले गएको २४ देखि स्थानीयदेखि जिल्लासम्ममा तर्थद समिति बनाउने काम सुरु गरेको थियो।

बैठकले केन्द्रीय पर्यवेक्षकलाई पनि १५ मंसिरभित्र आ–आफ्नो जिल्लाको प्रतिवेदन अध्यक्ष मण्डलसमक्ष पेश गर्ने निर्णय गरेको छ।एक वर्ष अगाडी राजपामा स्थायी रुपमा पार्टीको संयोजक रहेका महन्थ ठाकुरलाई हटाउँदै बहुमतबाट चक्रीय प्रणालीका लागि गरिएको थियो ।

त्यसपछि ठाकुरलाई हटाउँदै महतोलाई संयोजकमा चयन गरिएको थियो । त्यसयता राजपाका ६ वटै नेताले पालैपालो संयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.