नेपाल प्रहरी प्रमुख भन्छन् – प्रहरीमा भनसुन चल्दैन

३ मंसिर ७६, बुधबार

४ मंसिर, काठमाडौँ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने बताएका छन् । प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दाबी पनि गरे ।

बुधबार काठमाडौंमा ‘समुदाय प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’ को उद्घाटन समारोहमा बोल्दै उनले अपराध अनुसन्धानको कामलाई निष्ठाका साथ अघि बढाउन प्रहरीले सरकारी वकीलहरुसँग पनि सहकार्यको कामलाई अघि बढाएको पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकीलको कार्यालयबीच साझेदारी कार्यक्रम शुभारम्भ गरिएको बताए । उनले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाएर पीडितलाई न्याय दिन प्रहरी र सरकारी वकीलहरुको साझेदारी कार्यक्रमले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे ।

Advertisement

बुधबारबाट शुभारम्भ गरिएको सो साझेदारी कार्यक्रम ७७ वटै जिल्लामा संचालन हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top