आजका प्रमुख खबरहरुः
१.(पुर्नगठनको सकस)
नयाँ मन्त्रीका विषयमा नेकपाका दुई अध्यक्षबीच सहमति हुन नसकेपछि आज हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन र सपथ भोलिलाई सर्याे / नयाँ मन्त्री नटुंग्याउने र फिर्ता पठाउने जिम्मा अध्यक्षद्धव ओली र दाहाललाई ।
२.(शिवमाया अडिग)
उपसभामुख शिवमायाण्ण् तुम्बाहाम्फेद्धारा राजीनामा दिन प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपीशर्मा ओलीले गरेको आग्रह अस्वीकार / उपसभामुखबाट राजीनामा दिए मन्त्री बनाउने ओलीको आश्वासन ।
३.(कुरो मिल्यो)
प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने सत्तारुढ दल नेकपाको निर्णय / बैठक दुवै अध्यक्षको संयुक्त अध्यक्षतामा संचालन हुने तर पार्टी संचालन गर्नेकार्यकारी अधिकार भने पुष्पकमल दाहाललाई ।
४.(निकास देला कि ?)
नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला आजदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु / तीन दिनसम्म चल्ने बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्दै ।
५.(कांग्रेसमा कलह)
नेपाली कांग्रेसका प्रदेश २ का सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगर समितिका सभापति भोला कलवारबीच आपसी मनमुटावका कारण कुटाकुट / घटनामा दुबै जना घाइते / शर्मा उपचार पछि घर फर्के / कलवार थप उपचारका लागि काठमाडौंमा ।
६.(ब्यवसायीको विरोध)
सार्वजनिक खरिद आठौ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था सशोधनको माग गर्दै काठमाडौमा निर्माण व्यवसायीहरुको प्रर्दशन / ठेक्का र आयोजना निर्माणमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने भन्दै संचारक्षेत्र प्रति आक्रोशीत ।
७.(राजनीतिको गन्ध)
सत्यनिरुपण तथा मेलमिलाप आयोगको सदस्यका लागि निवेदन दिएकामध्ये दुईजनाद्वारा आफ्नो नाम फिर्ता लिन निवेदन पेश / पदाधिकारीको छनौट प्रक्रियामा राजनीतिक हस्तक्षेप देखिएको आरोप ।
८.(ट्याङ्कर अपहरणको फन्डा)
लहानबाट विराटनगरतर्फ आइरहेको लुटिएको भनिएको डिजेल सहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक सडक छेउमा रित्तो भेटियो / ट्याङ्कर हराएको २४ घण्टापछि सम्पर्कमा आएका चालक रामदेव यादव प्रहरी नियन्त्रणमा ।
९.(विपत्तका लागि सचेतना)
नेपाल चेम्बर अफ कमर्श, इभेन्ट्स भेन्यू एसोसिएसन र नेपा जापानले मुलुकभर विपद् व्यवस्थापन सम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने / प्राकृतिक विपद्का बेला जीवनको सुरक्षा गर्न उचित शिक्षा प्रदान गरिने ।
१०.(बालअधिकारको सवाल)
बाल गृहको अनुगमनका कडाई गर्न अधिकारकर्मीहरुको सरकारसँग माग / बाल अधिकारको हनन् हुन नदिने गरी कानुनहरुको परिमार्जन गर्दै लैजाने महिला, बालबालिका मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको प्रतिवद्धता ।
११.(सचिवको पदभार)
प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीद्धारा संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा कार्यभार ग्रहण / सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेरै मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता ।
१२.(भनसुन नचल्ने)
नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको भनाई / प्रहरी र सरकारी वकिलहरुको ७७ वटै जिल्लामा संचालन हुने समुदाय प्रहरी साझेदारी कार्यक्रमले पीडितलाई न्याय दिन सघाउ पु¥याउने विश्वास ।
१३.(एडिबीको अपेक्षा)
नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएको एशियाली विकास बैंकको भनाई /समयमै खर्च गर्न तर्फ आवश्यक व्यवस्थापन मिलाउन सके एडिबी लगानी गर्न तयार ।
१४.(युरोकपमा वेल्स)
अर्को वर्ष हुने युरोपियन च्याम्पियनसिपमा वेल्स पनि छनोट हुन सफल /छनोट हुनका लागि जित्नै पर्ने दबाबकाबीच घरेलु मैदानमा भएको खेलमा वेल्ससंग हंगेरी २–० गोल अन्तरले पराजित ।
र,
१५.(निर्दयी सरकार)
इन्धनको मूल्यवृद्धि गर्ने सरकारको निर्ण्विरुद्ध इरानमा सुरु भएको आन्दोलनका क्रममा एक सय भन्दा बढी सर्वसाधारणको मृत्यु / इरानले आन्दोलनमा दमन जारी राखे प्रतिवन्ध लगाउने संयुक्त राष्ट्रसंघको चेतावनी ।