१३ वर्षदेखि द्धन्द्ध पीडितहरुले न्याय पाएनन्

५ मंसिर, काठमाडौं । द्धन्द्ध पीडितहरुले सरकारसँग न्यायको खोजी गर्दै बिहीबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् । वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको उल्लेख गर्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।

विस्तृत शान्ति सम्झौंत पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रर्दशनमा उत्रिएका उनीहरुले वेपत्ता आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, पीडितलाई तत्काल परिपुरणको व्यवस्था गर्न तथा पीडिकमाथि कडा कार्वाही गर्न सरकारलाई पुनः दवाव पनि दिए ।

Advertisement

द्धन्द्ध पीडित साझा चौंतारीका अध्यक्ष भागिराम चौंधरीले द्धन्द्धकालका पीडितलाई न्याय दिन र दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै १३ वर्ष पछि पनि विरोध प्रर्दशनमा उत्रनु परेको बताए । उनले विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुग्दा पनि पीडितलाई न्याय दिने काम नगरेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।

द्धन्द्ध पीडितहरुले यातना पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिँदै आएका छन् । १३ वर्ष वितिसक्दा पनि सरकारले न्याय नदिएकोमा द्धन्द्ध पीडितहरुको आपत्ति छ । उनीहरुले वेपत्ता आफन्तको स्थिति तत्काल सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराएका छन् ।

Advertisement

अध्यक्ष चौंधरीले द्धन्द्ध पीडितहरुको न्यायका लागि गठन गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोग गठन प्रक्रियामा ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top