५ मंसिर, काठमाडौँ ।
नवनियुक्त कृषि तथा पशुपन्त्री विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रही काम गर्ने पनि बताए ।
बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना पनि अघि सारे ।
यस अघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका थिए । त्यसलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनलाई निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिएका थिए ।