सिंहदरबारबाट ट्याक्सी चढेर घर गए गोकर्ण विष्ट

सिंहदरबारबाट ट्याक्सी चढेर घर गए गोकर्ण विष्ट

५ मंसिर, काठमाडौं ।
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् ।

आफ्नो स्थानमा रामेश्वर राय यादव आएपछि नवनियुक्त लाई बधाई तथा शुभकामना दिन गएका निवर्तमान मन्त्री विष्ट त्यहाँबाट ट्याक्सी चढेर आफ्नो घर सामाखुशीतर्फ फर्किएका हुन् ।

विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए । उनका प्रेस सहयोगी मदन खनालका अनुसार मन्त्रालयबाट पैदल आएका विष्टले सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर चढेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.