×

NEPAL TIMES UPDATES

Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपाका छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026

जब भुटानी मन्त्रीले ‘हह.. माले हह…’ भने….

७ मंसिर २०७६

७ मंसिर, काठमाडौँ । 

“तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ यात्रामा अगाडि बढौं, हामीले जानेको ज्ञान तपाईंहरुलाई दिन्छौँ, तपाईंहरुले सिकेको सीप हामीलाई सिकाउनुस्” यो भनाइ छिमेकी मुलुक भूटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माको हो ।

Advertisement
Advertisement

नेपालीभाषी शर्मा स्वतन्त्र ऊर्जा, उत्पादकहरुको संस्था नेपाल (इपान)ले आयोजना गरेको ‘पावर समिट, २०१९’ मा भाग लिन बिहीबार नेपाल आएका हुन् । इपानले कार्यक्रम तालिका सार्वजनिक गर्दा नै शर्माको नाम राखेपछि पक्कै पनि उनी नेपाली भाषी होला भन्ने लख काटिएको थिए । भूटानमा नेपालीभाषी अल्पसङ्ख्यक छन् । त्यही अल्पसङ्ख्यकमध्येका शर्माले भूटानको ढुकुटी हेर्ने निकायको प्रमुख हुने सौभाग्य पाएका छन् । समिटमा अतिथिका रुपमा भएका शर्माले उद्घाटनको दिन मन्तव्य सुरु गर्दा नेपाली भाषामा नै ‘नमस्ते’ गरेका थिए तर उनीले भाषण भने अङ्ग्रेजीमा नै गरे । धेरैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तै केही शब्द नेपालीमा बोलेका होलान् भनेर लख पनि काटेका थिए तर उनी नेपाली भाषी नै हो भन्ने कुरा कमैलाई थाहा थिए ।

राजनीतिमा लाग्नुअघि उनीले सडक सुरक्षा र सवारी प्राधिकरणको क्षेत्रीय प्रमुख रहेर आफ्नो योग्यताको परीक्षण गरेका थिए । पछिल्ला दिनमा भूटानमा भारतीय लगानी भित्रिएको छ । जलविद्युत्‌का मेघा परियोजना अगाडि बढेका छन् । डुफुचेन–तेडिङ निर्वाचन क्षेत्रबाट विजयी सतचालीस वर्षीय शर्मा भूटानको राष्ट्रिय पोशाकमा सजिएका थिए । शर्माको आफ्नो राष्ट्रिय पोशाकप्रतिको लगाव र नेपाली भाषीप्रतिको सम्मान साँच्चै अनुकरणीय थिए ।

विश्वमा नागरिकलाई खुसी राख्ने देशहरुमध्ये भूटान अग्रपङ्क्तिमा छ । पर्यटन, कृषि उद्यममा पनि क्रमशः भूटानको नाम अन्तरराष्ट्रिय बजारमा स्थापित हुँदै गएको छ । शिक्षा, स्वास्थ्य तथा आधारभूत विषयलाई भूटानले निःशुल्क गरेको छ । रोजगारीका विविध स्रोतको खोजीमा पनि अब्बल सावित भएको छ ।

मन्त्री शर्माले यही मङ्सिर ५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका थिए । “लौ है मन्त्रीज्यू स्वागत छ”, ऊर्जा, मन्त्री पुनले भुटानी मन्त्रीको स्वागत गर्दा उनीले पनि नेपाली शैलीमा नै ‘स्वागत छ मन्त्रीज्यू’ मात्रै भनेन, एउटा नेपालीले अर्को नेपाली भेटेको जस्तै लागेको भनी खुसी भए । “मलाई त मेरै घरमा आएजस्तो भएको छ । असाध्यै खुसी छु” भुटानी मन्त्री शर्माको भनाइ थिए ।

सम्मेलनमा विश्वभरका ६०० बढी सहभागी थिए । त्यसमा अधिकांशजसो नेपाली नै थिए । चीन, भारत, बङ्गलादेश, नर्वे, अष्ट्रियाका प्रतिनिधि पनि सहभागी थिए तर, यस पटकको समिटको आकर्षणमा भुटानी मन्त्री शर्मा नै थिए । उद्घाटनसत्रको सम्बोधनलाई बिट मार्दै भुटानी मन्त्रीले भनेका थिए, “यस उपस्थितिमा आउनुभएका मन्त्रीज्यू र माहानुभाव सबैमा म खुसी व्यक्त गर्न चाहन्छु । नेपालमा आएर धन्यवाद भन्न चाहन्छु । मलाई यो मौका दिनुभएकामा पनि सबैमा धन्यवाद !”

भुटानी मन्त्री शर्माले मन्त्री पुनसँगको शिष्टाचार भेटमा समेत आफ्नो सम्बोधनको प्रसङ्ग जोडे र भने, “नेपालीमा नै कुराकानी गरौं है मन्त्रीज्यू ।” उनीहरुबीच हालखबर र सञ्चो बिसञ्चोको सोधखोजपछि सुरु भएको औपचारिक संवादमा मन्त्री पुनले नेपालले पछिल्ला दिनमा ऊर्जा र जलस्रोतको क्षेत्रमा देखिने गरी काम गरेको र चालू आर्थिक वर्षको अन्त्यसम्म करीब एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप हुने जानकारी दिए । “हामीले केही रणनीतिक योजनाका साथ काम सुरु गरेका छौँ । यसले आगामी दिनमा राम्रो प्रतिफल दिन्छ । भूटानले जलविद्युत्‌को क्षेत्रमा गरिरहेको प्रगतिबाट हामी पनि पाठ सिक्न सक्छौँ”, मन्त्री पुनको भनाइ थियो ।

नेपालका व्यवसायीले भूटानको विद्युतीकरणका लागि ट्रान्सफर्मर, प्रसारण केवलसमेत उपलब्ध गराएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीको उद्योग नेपाल इकरात इञ्जिनीयरिङले उत्पादन गरेको ट्रान्सफर्मरको उच्च माग छ–भूटानमा । यस विषयलाई समेत मन्त्री पुनले स्मरण गरे । “ठूला आयोजना अगाडि बढाउँदाको अनुभव तपाईंहरुबाट हामी पनि सिक्न चाहन्छौँ, त्यसबाट हामी पनि ठूला परियोजना सुरु गर्नुपूर्व अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी लिन सक्छौँ” मन्त्री पुनले भने, “केही ठूला आयोजना हामी सुरु गर्दैछौं, मन्त्रीज्यूले त्यसमा सहजीकरण गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।”

नेपालले ऊर्जा क्षेत्रमा गरिरहेको पछिल्ला प्रगति र योजनाबद्ध प्रयासको मन्त्री शर्माले मुक्तकण्ठले प्रशंसा गरे । “ठूला परियोजना आफैँमा एउटा विश्वविद्यालयजस्तो हुँदोरहेछ, काम गर्दै जाने, सिक्दै जाने नै हुँदोरहेछ । हामीले त्यही गरिरहेका छौं । हामीले पनि १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राख्यौं, जमीनसँग खेल्दै गर्दा अनेकन जटिलता आउँदोरहेछ, हामीले ५० प्रतिशत मात्रै लक्ष्य पूरा गर्न सकेका छौँ” आफ्नो वस्तुगत यर्थाथताबारे मन्त्री शर्माले जानकारी दिए ।

“भौगोलिक कठिनाइ त्यस्तै, प्राविधिक जटिलता त्यस्तै, तर काम भएन भनेर हरेश खानुहुन्न भन्ने हामीले सिकेका छौं । दुई हजार ३०० मेगावाट क्षमताको परियोजना सकिन लागेको छ । राजधानी थिम्पु नजिकै दुई ठूला परियोजना सकिन लागेको छ । काम गर्दै सिक्दै जाने विषय नै महत्वपूर्ण रहेछ” उनीले आफ्नो अनुभव मात्रै सुनाउनु भएन, काम गर्दाका जटिलता पनि उल्लेख गरे ।

दुई हजार ५०० मेगावाट क्षमताको सुनकोश नामक परियोजना सुरु गर्न लागेको र त्यो परियोजनामा आफैँमा महत्वाकाङ्क्षी रहेको मन्त्री शर्माको भनाइ थिए । भूटानको कूल जलविद्युत् क्षमता ३० हजार मेगावाट छ । आर्थिकरूपमा सम्भाव्य आयोजनाको क्षमता भने २३ हजार ७६० मेगावाट छ ।

भूटानले १०२० मेगावाट क्षमताको ताला, ३३६ मेगावाटको चुखा, १२६ मेगावाटको दागचुखालगायतका परियोजना सञ्चालन गरिरहेको छ । भूटानको जलविद्युत् आयोजना निर्माणका लागि भारतीय कम्पनीले ७० प्रतिशत ऋण र ३० प्रतिशत अनुदान दिएका छन् । विद्युत् खरीददर भने परियोजना सम्झौता भएपछि मात्रै तोकिनेछ । अन्तरसरकारी सम्झौताका आधारमा भूटान र भारत सरकारले लगानी गरेका छन् । सामान्यतया चार रुपैयाँ १२ पैसा भारतीय मुद्रामा भूटानले भारतले विद्युत् बिक्री गरेको छ । आयोजनाको लागत र समय हेरेर खरीददर तय हुन्छ, मन्त्री शर्माको भनाइ थियो ।

दक्षिण एशियाको पावरहाउस नेपाल र भूटान बन्न सक्ने मन्त्री शर्माको भनाइ थियो । “हामीसँग स्रोत छन्, त्यसलाई सदुपयोग गरौं, त्यसबाट हामीलाई त लाभ हासिल हुन्छ नै त्यसबाट समग्र दक्षिण एशियालाई समेत लाभ हासिल हुनसक्छ”, मन्त्री शर्माले भने ।

मन्त्री पुनले समेत दक्षिण एशियामा विशेषगरी भारत, बङ्गलादेश, म्यान्माजस्ता देशसँग साझा हित र चासोका साथ सँगसँगै काम गर्न भुटानी मन्त्रीलाई आग्रह गरे । विश्वव्यापीरूपमा नै दक्षिण एशिया आर्थिक केन्द्रको रूपमा विकसित हुँदै गएको सन्दर्भमा त्यसले थप ऊर्जाको स्रोत खोज्ने अवस्था छ ।

नेपालमा आगामी तीन वर्षभित्र सबैको घरमा ऊर्जाको स्रोत पुर्‍याउने सरकारको लक्ष्य छ । तर भूटानमा मात्रै दुई हजार घरधुरीमा विद्युत् पु¥याउन बाँकी छ । भूटान सरकारले घरायसी ग्राहकलाई १०० युनिट विद्युत् निःशुल्क दिएको छ । यस्तै अवस्था हेरेर २०० युनिटसम्म निःशुल्क दिने गरिएको मन्त्री शर्माले जानकारी दिए । विद्युत् उत्पादनभन्दा प्रसारण तथा वितरण शुल्क बढी लाग्ने समस्याले आफूहरुलाई पनि पिरोलेको मन्त्री शर्माले यर्थाथता सुनाए ।

साना तथा मझौला आयोजना अब आफैँ र आफ्नै लगानीमा शुरु गर्न लागेको जानकारी दिँदै मन्त्री शर्माले भने, “मेगा प्रोजेक्टमा विदेशी लगानी पनि जरुरी छ, तर आफ्नै पनि केही गरौँ भनेर लागेका छौं ।” ठूला परियोजनाको अनुभव हासिल गर्न उनीले मन्त्री पुन र नेपाली अधिकारीलाई भूटान भ्रमणको निम्तोसमेत दिए । नेपालका तर्फबाट मन्त्री पुनले भूटानले ऊर्जाको क्षेत्रमा गरेको प्रगतिका लागि बधाई दिँदै नेपाली उत्पादन र नेपाल–भारत–बङ्गलादेशका बीचमा बन्न सक्ने पावर ग्रिडबारे चर्चा गरे ।

भूटान र नेपालको भौगर्भिक अवस्था उस्तै रहेको र ऊर्जा उत्पादनमा समान समस्या झेल्नुपरेको भन्दै दुई देशबीचको सम्बन्धलाई थप परिस्कृत बनाउनुपर्ने बताए । नेपाल र भूटान दुवै देशको विकासका लागि ऊर्जामा लगानी बढाउनुपर्ने र ऊर्जाको क्षेत्रीय व्यापारमा सहजीकरण गर्नुपर्नेमा मन्त्री पुनको भनाइ थियो ।

भूटानको राजश्वको मुख्य स्रोत नै जलविद्युत् रहेको भन्दै भारतको सहयोगमा जलविद्युत विकासमा सफलता मिलेको भन्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधार नै ऊर्जा भएको भुटानी मन्त्रीको जोड थियो । भूटानको भूबनोटका कारण कृषि क्षेत्र आधुनिकीकरण हुन नसकेको भन्दै मन्त्री शर्माले संवादको अन्तिममा ठट्टा गर्दै भने, “नेपाल कृषिको आधुनिकीकरणको दिशामा गएको छ । त्यो मेरो जानकारीमा पनि छ । तपार्इंहरुको प्रयास सह्रानीय छ, हाम्रो त उही गोरु नै धपाएर हह..माले हह.. मालेमा नै छौँ ।” उनीले नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न भूटानको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।रमेश लम्साल/रासस

Advertisement

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top