×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेसनल मेडिकल कलेजमा विद्यार्थीमाथि भएको कुटपिटका विषयमा छानबिन गर्न समिति गठन

८ मंसिर २०७६

८ मंसिर, वीरगञ्ज । वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा शुक्रबार दिउँसो विद्यार्थीमाथि भएको कुटपिटका विषयमा छानबिन गर्न चार सदस्यीय समिति गठन गरिएको छ । शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाबारे छानबिन गर्न समिति बनाएका हुन् ।

समितिलाई यथाशीघ्र घटनाको वास्तविकता पत्ता लगाएर प्रतिवेदन दिन निर्देशन दिइएको भट्टराईले बताए । नेसनल मेडिकल कलेज वीरगन्ज शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ ।

Advertisement
Advertisement

विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन् । प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए । यो घटना भएपछि विद्यार्थीले सुरक्षाको माग राख्दै प्रहरीमा पुगेका थिए । उनीहरू राति साढे १२ बजेसम्म प्रहरीमा बसेका थिए ।

शनिबार कलेज र प्रशासनबीच यस विषयमा छलफल भएको थियो । छलफलमा कलेजको पठनपाठन सञ्चालन गर्ने कुरा उठे पनि विद्यार्थीले शुल्क सम्बन्धी समस्या समाधान हुनुपर्ने माग राखेका थिए ।

शुक्रबार विद्यार्थीले साँझ ५ बजेसम्म कलेज हातामा धर्ना दिएका थिए । मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले बिहीबार छ घन्टा होस्टल बस्न रोक लगाएको थियो । आक्रमणम नै गर्न थालेपछि विद्यार्थी ‍र्यालीसहित प्रहरीमा पुगेका थिए ।

Advertisement

नेसनल मेडिकल कलेजले सरकारले तोकेभन्दा झन्डै छ लाख शुल्क उठाएपछि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन् । शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशनसहित कारबाहीको चेतावनी दिएको थियो । तर, उक्त निर्देशन दिएको पन्ध्र दिन पुग्नै लागे पनि बढी उठाइएको शुल्क फिर्ता नभएपछि विद्यार्थीले आन्दोलन जारी राखेका छन्।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top