×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतसँग सीमा विवाद कूटनीतिक पहलबाट समाधान हुन्छ: प्रवक्ता बाँस्कोटा

८ मंसिर २०७६

८ मंसिर, कास्की । 

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीका साथै सुस्तालगायत नेपालको भूमि रक्षाका लागि सरकारले दृढता र इमान्दारीसाथ पहल गरिरहेको उल्लेख गर्दै सरकारले ‘कूटनीतिक नोट’समेत पठाइसकिएको जानकारी गराए ।

Advertisement
Advertisement

हामीलाई अर्काको एक इन्च जमीन नचाहिएको र हाम्रा पुर्खाले जोगाएको जमीनमाथि अतिक्रमण स्वीकार्य नरहेको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, ‘वि.सं १८१६ मा इष्ट इन्डिया कम्पनीसँग भएको सम्झौताका नक्शा, तथ्य, प्रमाणका आधारका साथै ती भूमिहरुमा नेपालले गरेको जनगणना र कर कार्यालय लगायतका प्रमाणको आधारमा दृढताका साथ वार्ता गरिनेछ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नक्शा सार्वजनिक गरेको भन्ने अभिव्यक्तिको सन्दर्भमा पत्रकारको जिज्ञासामा मन्त्री बाँस्कोटाले भने, ‘प्रतिपक्षी दलको नेता भएर त्यस्तो बोल्नुभएको विषयमा मलाई विश्वास छैन तर यदि बोल्नुभएको छ भने राष्ट्रवादी प्रधानमन्त्रीमाथि प्रश्न उठाउनु लज्जाजनक हो, म खेद प्रकट गर्दछु ।’

उनले ६० वर्षभन्दा पुरानो सिमाना विवादका विषयमा पहिलो पटक प्रधानमन्त्रीका रुपमा ओेलीले नै दृढतापूर्वक आवाज उठाएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीका रुपमा मनमोहन अधिकारी भारत पुग्दा सन् १९५० को सन्धिमाथि पुनः विचार हुनुपर्छ भनेर बोल्ने पार्टीका नेताको विषयमा आरोप लगाउनु गलत भएको जनाए ।

उनले प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डताका साथै सार्वभौम स्वाधीनताको रक्षा, न्यायपूर्ण समानता र सम्मान खोजेर लामो सङ्घर्ष गरेकाले यस्ता विषयमा उनको भाषा नलर्बराउने स्पष्ट पारे । संवैधानिक परिषद्का सम्बन्धमा अध्यादेश ल्याउन लागिएका सन्दर्भमा पत्रकारको जिज्ञासामा मन्त्री बाँस्कोटाले सर्वसम्मत हुन नसकेका कारण २१ महिनादेखि संवैधानिक पद खाली रहेकाले संविधानकै आधारमा विधेयक आउने बताए ।

विसं २०६९ मा संवैधानिक परिषद्का लागि अध्यादेश आएको स्मरण गराउँदै मन्त्री बाँस्कोटाले भने, ‘यो कुनै बदला लिने दृष्टिकोणले होइन । प्रतिपक्षले ‘हलो अड्काउने र गोरु पड्काउने’ नीति लिएका छ । आपूmले ल्याउँदा प्रजातान्त्रिक हुने अर्काले ल्याउँदा निरङ्कुश हुने हो र ?’

सूचना प्रविधिसम्बन्धी विधेयकका विषयमा संसदीय समितिमा लगभग छलफल सम्पन्न भइसकेको अवस्था रहेको जानकारी गराउँदै उनले सामाजिक सञ्जाल र पत्रकारिता क्षेत्र फरक रहेकाले तिनलाई छुट्याउन लागिएको जानकारी गराए ।

Advertisement

उपनिर्वाचनका अवधिमा पोखरा आउँदा आचारसंहिता उल्लङ्घन भएको हो कि भन्ने जिज्ञासामा मन्त्री बाँस्कोटाले कास्कीका जनता आफ्ना सार्वभौमिक अधिकारको सदुपयोग गर्न सक्षम रहेको उल्लेख गर्दै आफू चुनाव प्रचारप्रसारका लागि नआएको स्पष्ट पारे ।रासस

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top