मिचिएका भूमि समेटेर आयो नेपालको नयाँ नक्सा

८ मंसिर, काठमाडौँ ।
सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।

Advertisement

अभियानले सार्वजनिक गरेको नक्सा डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेको बताएको छ । नक्सामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर तयार पारिएकाले यसलाई अन्तराष्ट्रियकरण गरिने बताइएको छ ।

कार्यक्रममा नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । अभियन्ता रिसालले सार्वजनिक गरिएको नक्सा सुगौली सन्धी अनुसारको भएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top