भोजपुरको अरुण गाउँपालिकामा ५ सय ६० जनाको निशुल्क उपचार

८ मंसिर ७६, सोमबार

९ मंसिर, विराटनगर । भोजपुरको अरुण गाउँपालिकामा करिव ६ सय जनाको निशुल्क स्वास्थ्य उपचार गरिएको छ । रेडक्रस सोसाईटी र अरुण गाउँपालिकाको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

मंसिर ४ गतेदेखि मंसिर ७ गते शनिवारसम्म सञ्चालन गरिएको निशुल्क शिविरमा आँखा,नाक, कान, घाँटी र जेनेरल फिजिसियन सम्बन्धी ५ सय ६० जनाले चेकजाँच गराएको रेडक्रसका प्रतिनिधी शत्रुधन साहले जानकारी दिए ।

Advertisement

शिविरलाई दिव्यजोती अस्पतालले प्राविधिक सहयोग गरेको थियो भने अरुण गाउँपालिकाका वडाध्यक्ष डिल्लीराम अधिकारीले व्यवस्थापनमा सहयोग गरेका थिए ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top