धुलिखेलबाट २२ जुवाडे पक्राउ

८ मंसिर ७६, सोमबार

९ मंसिर, काभ्रे ।
धुलिखेलमा २२ जना जुवाडे पक्राउ परेका छन् ।

Advertisement

धुलिखेल–९, रानाछापस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ९ लाख ५७ हजार ८ सय ७० रुपैयाँ नगदसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

रातभर तास खेलाइरहेको सूचनाका आधारमा बिहान १ बजे पुगेको प्रहरीले घरधनी महेश रानाभाटसहित २२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

Advertisement

६ लाख ५० हजार खालबाट, १ लाख ८ हजार गुप्त अंगमा र १ लाख ४९ हजार जुत्तामा लुकाइरहेको अवश्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी रानाभाटसहित धुलिखेल–३ का भिमसेन लामा, कृष्णकुमार तामाङ, नुवाकोटको शिवपुरी–७ का सन्तोष पाण्डे, प्रविण पाण्डे, नमोबुद्ध–२ का नेमा लामा, नमोबुद्ध–३ का अर्जुन तिवारी, काठमाडौं–३५ घर भई नमोबुद्ध–४ बस्ने रमेश तिवारी, रोशी–७ को पुष्कर दर्जी, दोलखाको मेलुङ–३ का दिपक थोकर र विगु–४ का राजन शर्मा छन् ।

Advertisement

नुवाकोटकै लिखु–१ का नवराज सिं, गोरखाको सिरानचोक–५ का अमृत बानियाँ, झापाको कमल–५ का जितेन्द्र तामाङ, बनेपा –११ का सुमन अधिकारी, बेथानचोक –२ को जयराम तिमल्सिना, चौरीदेउराली–५ को रामप्रसाद चौलागाई, पाँचखाल–४ का अच्युत चौलागाई, महाभारत –३ घर भइ हाल बनेपा –१० बस्ने सुजन लामा, बनेपा –६ को सुजन केसी, सिन्धुपाल्चोकको बाह्रबिसे –२ घर भई बौद्ध बस्ने नविन गुरुङ, मकवानपुरको थाहा–६ घर भई सतुंगल बस्ने भुवन बलामी र थाहा–७ शिखरकोटका बसुन्धरा केसी पक्राउ परेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top