मेडिकल कलेजलाई अन्तिम २४ घण्टे समय

९ मंसिर ७६, मंगलबार

९ मंसिर, काठमाडौँ ।
अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न लचिलो बनेका छन् । सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजि मेडिकल कलेज संचालक शुल्क समायोजन गर्न लचिलो बनेका हुन् ।

मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गरि भोलिसम्म लिखित प्रतिबद्धता जनाउने भएका छन् । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज संचालकहरुलाई मन्त्रालय बोलाएका थिए ।

सोमबार बैठकमा मेडिकल कलेज संचालकहरुले मंगलबार सम्मको समय माग गरेकोले निर्णय भने हुन सकेन । सरकारले एमबीबीएस, वीपीएच, नर्सिङ, बीडीएस, बीएमएलटी, बीएमआईटी लगायतका आठ वटा संकायको सरकारले शुल्क निर्धारण गरेको छ । तर, कलेजले आठ वटा संकायका ३२ ब्याजका विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएका छन् । जसको निरन्तर विरोध र प्रदर्शन भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top