हाम्रा डाक्टर ! जँचाउन आएकी महिलालाई जबरजस्ती करणी

९ मंसिर ७६, मंगलबार

१० मंसिर, काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालका एक डाक्टर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार जेनेररल फिजिसियन रोहित कुमार झालाई प्रहरीले पक्राउ गरेको हो ।

‘अस्पतालमा जँचाउन आएकी एक महिलालाई उनले जबरजस्ती गरेछन्’ राईले भने ’जँचाउने बहानामा गोप्य अङ्गमा हात पुर्‍याएको महिलाले आरोप लगाएकी छन् ।’ महिलाले आइतबार राति नै प्रहरी प्रशासनमा यस्तो आरोप लगाएकी थिइन् ।’

Advertisement

यस्तो घटना लगत्तै मेडिसिटी अस्पतालले भने डाक्टर झालाई निश्कासन गरिसकेको जनाएको छ । अस्पतालमा दुई महिनाअघि मात्रै काम सुरु गरेका उनलाई घटना थाहा पाएपछि निश्कासन गरिएको अस्पताल प्रशासनले जनाएको हो । अन्नपूर्ण पोष्टबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top