×

NEPAL TIMES UPDATES

Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026
Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026
Playing
आणविक रिएक्टर बोकेको रुसी जहाज डुब्यो, उत्तर कोरिया जाँदैथियो || Nepal Times
May 12, 2026

रसुवागढीको भन्सार शुल्कबाट २४ अर्ब राजश्व सङ्कलन

१० मंसिर २०७६

१० मंसिर, रसुवा ।

रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व रु २४ अर्ब ६६ करोड ७१ लाख ५० हजार सङ्कलन भएको छ ।

Advertisement
Advertisement

नेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक पार्टपुर्जा, विद्युतीय सामान, लत्ताकपडा तथा खाद्यान्नलगायत सामग्रीको शुल्कवापत भन्सार राजश्व प्राप्त भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।

यसैगरी नेपालबाट चीनतर्फ बाँसबाट निर्मित मुढा, हस्तकला, क्युरियोका सामान, तामाका भाँडाकुँडा र गलैँचा रसुवागढी नाकाबाट जाने गरेको छ । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म हेर्दा लक्ष्यभन्दा ४६ प्रतिशत राजश्व वृद्धि भएकोे छ । सामान आयातको परिमाण बढेपछि भन्सार शुल्कसमेत दिनप्रतिदिन बढ्दै गएको बताइएको छ ।

चिनियाँ सामग्री बोकेर भन्सार हातामा प्रवेश गरेका मालवाहक ट्रकमध्ये सरदर दैनिक ६०÷७० वटा जाँच हुने गरेको छ । छिटोछरितो जाँच परीक्षणका लागि ३० जाँचकी अहोरात्र खटिरहेको भन्सार कार्यालयले जनाएको छ । कर्मचारीको मेहनेतबाटै मङ्सिरको पहिलो हप्तामै रु ३० करोड ६० लाख भन्सार शुल्क असुली गर्न सफल भएको बताइएको छ ।

भन्सारको कार्यसम्पादन गर्न १० अधिकृतसहित समग्रमा ६१ कर्मचारी कार्यरत छन् । तिनको तलबभत्तालगायतमा मासिक रु ५० लाख खर्च हुने गरेको जनाइएको छ । पूर्वाधारको कमी, सडक जीर्ण र चाडपर्वका बेला ल्याइने सामान काठमाडौँ पु¥याउन राजमार्गमा हुने बाढीपहिराको समस्या जस्ता चुनौती भए पनि सडक सुधार र स्तरोन्नति तथा एकीकृत भन्सार तथा सुख्खा बन्दरगाह निर्माण अगाडि बढिरहेकाले अबको केही समयपछि नेपालको उत्तरी नाका व्यवस्थित र आकर्षण हुने अपेक्षा गरिएको प्रमुख भन्सार अधिकृत खड्काले बताए ।

घरेलु प्रयोजनका लागि भन्दै सानातिना पोके व्यापारीले दिनानुदिन बोकेर ल्याउने क्रम बढेपछि भन्सार शुल्क बेगरको सामान ल्याउन रोक लगाएको छ । जुन व्यापारीले व्यावसायिक प्रयोजनका लागि ल्याउने सबै प्रकारका सामानको परिमाणका आधारमा निर्धारित दररेटअनुसारको भन्सार शुल्क तिर्नुपर्ने र राजश्व चुहावट रोक्न सशस्त्र प्रहरी २१ नं गुल्मले पहरा दिइरहेको भन्सार कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

राजश्व चुहावट रोक्न नाकाको अलावा सम्भावित गौँडा र भन्सारको हातामा समेत आफ्नो गुल्मले अहोरात्र गस्ती दिइरहेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नं गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top