दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैती  

९ मंसिर ७६, मंगलबार

१० मंसिर, एजेन्सी ।

पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध सङ्ग्रहालयबाट करिब एक अर्ब युरो अर्थात झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ मुल्य बराबरका बहुमूल्य गहनाहरू चोरी भएको छ।

सोमबार बिहान चोरहरूले उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा बनाइएका तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेको स्थानिय प्रहरीले बताएको छ।

Advertisement

घटनालाई दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैतीको संज्ञा दिइएको छ। घटना स्थानीय समयानुसार सोमबार बिहान ५ बजेतिर भएको हो। ड्रेस्डेन ग्रीन भल्टमा गहना चोरी भएपछि प्रहरीले अनुसन्धान र खोजी कार्य तीव्र पारेको छ।

ती गहनालाई टुक्र्याएर बेचिन सक्ने अधिकारीहरू चिन्ता छ। प्रहरीले एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको बताएको छ। तर अझै पनि कोही पक्राउ परेका छैनन्।(बिबिसी)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top