चीनले हजारौं मुसलमानलाई कडा सुरक्षाका बीच बन्दी बनाएर दुव्र्यवहार गरेको बेलायतको आरोप

१० मंसिर, एजेन्सी । बेलायतले चीनको सिनजियाङ प्रान्तमा संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरु निर्वाध रुपमा जान पाउनुपर्ने माग गरेको छ ।

चीनको सिनजियाङ प्रान्तमा हजारौं मुसलमानलाई कडा सुरक्षाका बीच बन्दी बनाएर राखिएको सूचना सार्वजनिक भएलगत्तै बेलायतले राष्ट्रसंघका पर्यवेक्षक निर्वाध रुपमा जान पाउनुपर्ने माग गरेको हो ।

समाचारमा जनाइए अनुसार ती बन्दीहरुमाथि दुव्र्यवहार हुनुका साथै मानवअधिकारको समेत उल्लंघन गरिएको छ । तर चीनले भने स्वेच्छिक शिक्षा र प्रशिक्षण प्रदान गरेको दावी गरेको छ । चीनले ती मुसलमानहरुलाई कडा सजाय दिएको प्रतिवेदन फेला पारेको बीबीसीले दावी गरेको छ ।

Advertisement

उता, बेलायतका लागि चिनियाँ राजदुत लियु सियामिङले मुसलमानहरुमाथि दुव्र्यवहार भएको भनिएको समाचारमा सत्यता नभएको दावी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top