मालपोत सुब्बाको अकुत कमाइ १५ करोड, ९ जनाविरुद्ध मुद्दा दायर

१० मंसिर, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको कसुरमा मालपोत कार्यालय कलैया दरबन्दी भई सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

Advertisement

आयोगले नासु गुप्ताविरुद्ध १५ करोड बिगो माग गरेको हो। श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रकी गुप्ता, अन्य व्यक्तिहरु कविता कुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवविरुद्ध विशेष अदालत मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top