दिनभरका प्रमुख खबरहरु

११ मंसिर ७६, बिहीबार
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(चोरको चर्तिकला)
बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी करिव २० लाख रकम निकाल्ने ६ जनाको गिरोह पक्राउ/ विभिन्न बैंकहरुको चेकबुक, फर्म, भिसा कार्ड, करिब ३ सय जनाको नागरिकताको फोटोकपी तथा हस्ताक्षरका नक्कलहरु पनि बरामद ।

२.(स्वास्थ्य सुधारोन्मुख)
मंगलबार ‘एपेन्डिसाइटिस’ तथा ‘पेरिटोनाइटिस’को शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार /मनमोहनमै प्रधानमन्त्रीको डायलासिस गरिँदै /चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीलाई अझै केहीदिन अस्पतालमै राखिने ।

३.(बस दुर्घटना)
सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस अर्घाखाँचीको नरपानीमा दुर्घटना / एक दर्जनबढीको घटनास्थलमै मृत्यु /बस सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाई ।

४.(चाडो गरौं)
लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने भूमि व्यवस्थामन्त्री पद्मा कुमारी अर्यालको भनाई / समय समयमा प्रकाशित नक्साहरुमा एकरुपता नदेखिएबाट नै सीमा सुरक्षा सुगौली सन्धि देखिकै भएको प्रटोक्ति ।

५.(समायोजना होइन फिर्ता)
सरकार र मेडिकल कलेज सञ्चालक बीच भएको सहमति विद्यार्थीद्वारा अस्वीकार / शुल्क समायोजनका नाममा सरकारले विद्यार्थीलाई झुक्याएको र मेडिकल कलेज सञ्चालकलाई पोसेको आरोप ।

६.(विवेकी निर्देशन)
टुटल पठाओलाई नरोक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङको निर्देशन/ कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीको भनाई ।

७.(खेल खेल्ने समय)
आउँदो शनिबार हुन लागेको उपनिर्वाचनको मौन अवधि आज मध्यरातदेखि सुरु हुँदै/  प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दल सहभागी ।

८.(बाटो गलतपर्याे)
उपनिर्वाचन बहिस्कारको आन्दोलन घोषणा गरेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका चार जना नेता कार्यकर्ता सल्यानबाट पक्राउ / चुनाव बिथोल्ने जो सुकैलाई पनि कडा कारबाही गर्ने चेतावनी ।

९.(कालोपत्रेको शिलन्यास)
सुनसरीको कोशी कटानबाट भारतीय सीमा विरपुर लाहीसम्मको सडक कालोपत्रेको वातावरणमन्त्री जगदीश कुसियतद्वारा शिलन्यास /भौतिक पुर्वाधार मन्त्रालयको ३० करोड बजेटमा ५० फिटको ढलसहितको सडक कालोपत्रे गरिने ।

१०.(स्वरोजगारका प्रावधान)
सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिई उत्पादनका साधनमा मात्र अनुदान दिने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /प्रकृया पुगेपछि पनि बैंकहरुले कर्जा नदिए अर्थ मन्त्रालयमा उजुरी गर्न सकिने ।

११.(पशुपतिलाई सवारी)
भारतीय महिला संघ काठमाडौंद्वारा पशुपति क्षेत्र विकास कोषलाई २ वटा विद्युतीय सवारी साधन उपलब्ध/  मन्दिरमा आउने अशक्त तीर्थयात्रीका लागि विद्युतिय सवारीसाधनहरु उपयोगी हुने संघको विश्वास ।

१२.(चिलिमेको लाभ)
चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने / चिलिमे अन्तर्गतका अन्य आयोजनाहरुको निर्माण सम्पन्नपछि लाभांश वितरण गर्ने क्षमता बढउने तयारी ।

१३.(मुस्लिम मैत्रीकतार)
नेपालका मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र समग्र विकासका क्षेत्रमा काम गर्ने कतार सरकार इच्छुक / कतार सरकारको सहयोग ग्रामीण क्षेत्रका मुस्लिम समुदायको उत्थानमा लगाइने मुस्लिम आयोगको भनाई ।

१४.(स्याबास चेली)
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालको सुखद सुरुवात/ बुधबार भएको उद्घाटन खेलमा नेपालद्वारा बंगलादेश ३–० को सोझो सेटमा पराजित ।

र,
१५.(बग्दादमा बम)
इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु / १७जना घाइते /घटनामा इस्लामिक स्टेट (आईएस) को संलग्नता रहेको हुन सक्ने आशंका ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top