ओभरटेक गरेको निहुँमा मोटरसाइकल चालकलाई कुटपिट गरी हत्या

ओभरटेक गरेको निहुँमा मोटरसाइकल चालकलाई कुटपिट गरी हत्या

१३ मंसिर, कञ्चनपुर । महेन्द्रनगरबाट दोधाराचाँदनी जाने क्रममा मोटरसाइकल ओभरटेक गरेको निहुँमा एकजना युवकलाई कुटपिट गरी हत्या गरिएको छ । मोटरसाइकल ओभरटेक गरेको भन्दै चार जनाले महाकाली नगरपालिका ३ का २२ वर्षीय दीपक पन्तको कुटपिट गरी हत्या गरेका हुन् ।

मोटरसाइकल ओभरटेक गरेको भन्दै भीमदत्त नगरपालिका–१५ गोबरैयामा चार जनाले पन्तलाई चक्कु र हेलमेटले कुटपिट गरेको मृतकका आफन्तले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका पन्तको भारतको खटिमास्थित अस्पतालमा मृत्यु भएको हो ।

घटना लगत्तै प्रहरीमा खबर गर्दा समेत प्रहरी घटनास्थलमा नपुगेको आफन्तको गुनासो छ । उनीहरुले घटनाको २४ घण्टापछि मुचुल्का उठाइरहेको भन्दै प्रहरीको लापरवाहिले पन्तको ज्यान गएको आरोप लगाएका छन् ।

बाबुसँगै घर फर्किरहेका दिपकमाथि भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारले कुटपिट गरेका हुन् । प्रहरीले घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.