चक्कु आक्रमणबाट दुईको मृत्यु, एक घाइते

१३ मंसिर ७६, शनिबार

१४ मंसिर, एजेन्सी ।
शुक्रबार बेलायतको लण्डन स्थित लण्डन ब्रिजमा एक व्यक्तिले अन्धाधुन्ध रुपमा मानिसहरुमाथि चक्कु प्रहार गर्दा दुईजनाको मृत्यु भएको छ।

अर्का एकजना घाइते भएका छन् । चक्कु आक्रमणबाट गम्भीर घाइते भएका तीनजना मध्ये दुईजनाको स्थानीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसी तथा सिएनएनसहितका सञ्चारमाध्यमले जनाएका छन् ।

अर्का एक घाइतेको उपचार भइरहेको छ । आक्रमणकारीको पनि मृत्यु भएको छ । प्रहरीको गोली लागेर आरोपित आक्रमणकारीको मृत्यु भएको छ। प्रहरीले आक्रमणकालाई आतंककारी घटना भनेको छ ।

Advertisement

आतंककारी गतिविधिमा संलग्न भएको अभियोगमा जेल सजाय काटेका व्यक्तिले लण्डन ब्रिजमा आक्रमण गरेका हुन् । आक्रमणकारी इजाजतमै जेल बाहिर रहेको जनाइएको छ ।

लण्डन ब्रिजको उत्तरी भागमा रहेको फिसमोन्गेर्स हलमा क्रिमिनल जस्टिस सम्बन्धी कार्यक्रम भइरहेका बेला आक्रमण भएको हो । कार्यक्रममा क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थी तथा पूर्व कैदीको सहभागिता थियो । यो घटना स्थानीय समय अनुसार शुक्रबार अपराहन्न भएको हो ।

Advertisement

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रहरीलाई अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । आक्रमणमा ज्यान गुमाएका तथा घाइते भएकाहरुप्रति प्रधानमन्त्री जोन्सनले श्रद्धाञ्जली, समावेदना तथा शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

दुई वर्षअघि लण्डन ब्रिज र नजिकै रहेको बजारमा भएको आतंककारी आक्रमणमा ८ जनाको ज्यान गएको थियो भने ४८ जना घाइते भएका हुन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top