विराटनगर बसपार्कको काम ८० प्रतिशत सम्पन्न : समय अगावै निर्माण सम्पन्न हुने (फोटो फिचर)

किशोर विश्वकर्मा
विराटनगर, फागुन २२
सामान्य वर्षामै पानि जमेर हिलाम्मे हुने विराटनगर बसपार्कको यतिबेला मुहारनै फेरीएको छ । साविककै बसपार्कमा आधुनिक सुविधासम्पन्न अढाइ तले बस टर्मिनल निर्माणको काम अहिले धमाधम भइरहेपछी वसपार्कको मुहारनै फेरीने भएको हो ।

गत वबर्षदेखि निर्माण सुरु गरिएको बस टर्मीनल निर्माणको काम तोकिएको अवधिभन्दा अगावै सम्पन्न गर्नेगरी अहिले धमाधम काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । गतवर्ष यहि महिनादेखी सुरु भएको आधुनिक बस टर्मिनल निर्माणको काम यतिबेला ८० प्रतिशत भन्दा बढी पुरा भएको छ ।

लामो समयदेखी व्यवस्थीत बसपार्क नहुँदा विभिन्न किसिमका समस्या उत्पन्न हुँदै आएको थियो । तर, यतिबेला सुविधा सम्पन्न बस टर्मिनल बनिसक्न लागेपछी भने अब हिलो र यात्रु तथा यातायात व्यवसायीलाई सहज हुने भएको छ ।

विराटनगर बस टर्मिलनको ठेक्का गौरी पार्वती निर्माण सेवा प्रालिले लिएको हो । सामान्य वर्षा हुँदा पनि घुँडासम्म डुबान र सुख्खायाममा धुलाम्मे हुने विराटनगर बसपार्कको अब भने छिट्टै मुहार फेरिनेछ । अहिले बस टर्मिनलको दुईतल्ले भवन निर्माणलगायतका कामहरु सम्पन्न भइसकेको निर्माण कम्पनीका ईञ्जीनियर आलोक मिश्रले बताए ।

उनले तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुनेसमेत दावी गरे । यता विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली स्वयं बस टर्मिनल निर्माणकार्य चाँडै सम्पन्न गर्न नियमित अनुगमन गरिरहेका छन् । उनले आधुनिक विराटनगर बसपार्क निर्माण सम्पन्न भएलगत्तै सञ्चालनमा ल्याउने जानकारी दिए ।

उनले बस टर्मिनल निर्माणमा प्रयोग गरिएका सम्पूर्ण सामग्रीको गुणस्तरीयता जाँच गरिएकाले गुणस्तरीय निर्माण कार्य भइरहेको समेत दावी गरे ।

नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा बसटर्मीनल निर्माण कार्य भइरहेको विराटनगर महानगरपालिकाले जनाएको छ । बस टर्मिनल निर्माणको काम गुणस्तरीय भएको भन्दै केही समय अघि नगरविकास कोषले विराटनगर महानगरपालिकालाई पुरस्कृतसमेत गरेको थियो ।

बस टर्मीनलमा साना ठूला गरी ५७ वटा बस पार्किङ गर्न मिल्ने छ । दुईतले आधुनिक बस टर्मिनललाई अर्काे ब्यवस्था नभएसम्म बसपार्ककै रुपमा प्रयोग गरिने जनाइएको छ ।

बस टर्मिनलनमा ब्यवस्थित सुविधा सम्पन्न टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय रहनेछन् । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहनेछ ।

यो बसपार्क विराटगरको मात्र नभएर पूर्व क्षेत्रकै नमुना र सुविधा सम्पन्न हुनेछ । बस टर्मिनलको भुइँतलामा प्रवेश र प्रस्थानद्वार राखिएको छ । टर्मिनलमा निश्चित समय बसेपछि बस गन्तब्यमा जान पाउँछन् ।

वर्षा यामका समयमा पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्नु परिरहेको अवस्थामा सुविधासम्पन्न बसपार्क बन्ने भएपछि यातायात व्यवसायी, यात्रु र स्थानीयवासीसमेत हर्षित भएका छन् ।

विराटनगरका अमन शाहले पहिले व्यवस्थीत बसपार्क नहुँदा सवैले सास्ती व्यहोर्दै आउनु परेको भएपनी अब निर्माण सम्पन्न भएपछी भने निकै राहत मिल्ने बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top