मुलुकको अर्थतन्त्र सकारात्मक भएको छः गर्भनर नेपाल

१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नीतिगत सुधारसँगै मुलुकको अर्थतन्त्र सकारात्मक भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले नीतिगत सुधार भएपछि पछिल्लो तीनवर्ष आर्थिक सूचकहरु सकारात्मक रहेको बताए । उनले नीतिगत सुधारसँगै ब्याजदरमा सुहलियत दिंदा समेत उद्योगी व्यवसायीहरुले लगानी बढाउन नसकेको भन्दै प्रश्न समेत गरे ।

सरकारले उद्योगीहरुलाई कम ब्याजदरमा पुर्नकर्जा र रोजगारी बढाउन सहुलियत ऋण दिएपनि उत्पादन बढन नसकेको बताए । जसका कारण आर्थिक सूचकहरु सकारात्मक रहेपनि व्यापारघाटा उच्च रहेको उनले बताए।

Advertisement

गभर्नर नेपलले राष्ट्र बैंकले सुविधा भोगी क्षेत्रमा ब्याजदर नघटाउने तर निर्यातजन्य उत्पादनमूलक उद्योगकालागि ब्याज सहुलियत दिने नीति लागू गरेको समेत बताए ।

कार्यक्रममा आर्थिक पत्रकार समाज (सेजनले) छापा र विद्युतिय माध्यममा उत्कृष्ट रिपोर्टिङ गर्ने दुईजना आर्थिक पत्रकारहरु मातृका दाहाल र केदार दाहाललाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गरेको थियो ।

Advertisement

त्यस्तै सेजनले लामो समयदेखि आर्थिक पत्रकारिता गरिरहेका नितु पण्डित, शिव दुवाडी, जुनारबाबु बस्नेत र रामप्रसाद दाहाललाई सम्मान गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top