विराटनगर, फागुन २२
मोरङको जहदा गाउँपालिकामा खुकुरी प्रहार गरी सिंगो परिवारलाई गम्भीर घाइते बनाउने ब्यक्तिलाई प्रहरीले कारवाही नगरेको भन्दै पीडितले गुनासो गरेका छन् ।
घटनामा पीडित भएका परिवारले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी पीडकलाई प्रहरीले कारबाही नगरेको गुनासो गरेका हुन् ।
जहदा गाउँपालिका–४ बस्ने ३५ वर्षीय रामेश्वर महतो र उनका छोरा २० वर्षीय संजय महतोले पत्रकार सम्मेलनको आयोजना गरी सोही स्थानमा मदिरा पसल संचालन गर्दै आएका राजनन्दन यादव भन्ने भुट्टा यादवले फागुन १८ गते साँझ खुकुरी प्रहार गर्नुकासाथै लठ्ठीले कुटपिट गर्दै श्रीमती र बहिनीलाई गम्भीर घाइते बनाएको आरोप लगाएका छन् ।
कुटपिट गर्ने भुट्टा यादवलाई प्रहरी कार्यालय हाटखोलाले सोही दिन पक्राउ गरी अर्को दिन छोडेकोमा आपत्ति जनाउँदै यादवलाई कारबाही र आफूहरुको औषधि उपचार खर्च उपलव्ध गरानुपर्ने माग गरेका छन् ।
				
                                                    
                                                    






                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
