०.०१ सेकेण्डको अन्तरले जितिन् सन्तोषीले नेपालकालागि स्वर्ण

०.०१ सेकेण्डको अन्तरले जितिन् सन्तोषीले नेपालकालागि स्वर्ण

१७ मंसिर, काठमाडौं । सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन् । श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्समा खाता खोलेकी हुन् ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा उनले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव ९४ सेकेण्डमा निधारित दूरी पूरा गरेकी थिइन् । उनले भारतीय खेलाडीलाई पछि पारिन् । दोस्रो बनेकी भारतकी कविता यादवलाई पछि पारिन् ।

भारतीय खेलाडी यादवले ३५ मिनेट ७ दशमलव ९५ सेकेण्डमा दूरी पूरा गरिन् । एथ्लेटिक्समा नेपालका लागि टंक कार्कीले पनि पदक जितेका छन् । उनले पुरुष १५ सय मिटर दौडमा कास्य पदक जितेका हुन् । उनले ३ मिनेट ५९ दशमलव २० सेकेण्डमा दौड पूरा गरे ।

यो प्रतिस्पर्धामा भारतका अजयकुमार सरो ३ मिनेट ५४ दशमलव ८१ सेकेण्डका साथ पहिलो र भारतकै अजित कुमार ३ मिनेट ५७ दशमलव १८ सेकेण्डमा दोस्रो भए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.