फरक क्षमता भएका ब्यक्तिलाई अधिकार कहिले दिनेः उपराष्ट्रपति पुन

१७ मंसिर ७६, मंगलबार
Share this
755shares

१७ मंसिर, काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन्।

Advertisement

एसियाली बौद्धिक सुस्त मनस्थिति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको २४ औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा जोड दिए ।

उनले नेपालले सबैप्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न प्रयासहरु गरेको उल्लेख गर्दै संविधानले विविधताको पहिचान सहित मर्यादा र आत्म सम्मानपुर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिश्चितता गरेको बताए ।

Advertisement

उनले अपाङ्गता भएका मानिसहरुको मानव अधिकार र सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरीपनि स्टिफन हकिङ जस्ता महान व्यक्तिहरुको जन्म हुने बताए ।

पछिल्लो समय विश्वभर १५ प्रतिशत मानिसहरु फरक क्षमताको भएको तथ्याङ्क छ भने २०६८ को जनगणना अनुसार नेपालमा २ प्रतिशत जनसंख्या रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top