१७ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर एक बलमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वा्धिक ७२ रन बनाए। उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
पवन सर्राफले २२, विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१(२१ रन तथा आरिफ शेखले १९ रन बनाए। पारस खड्का मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए ।
चौथो विकेटको लागि दिपेन्द्र ऐरी र विनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरेपछि विनोद २१ रन बनाएर आउट भए । पाँचौँ विकेटका लागि दिपेन्द्रले पवनसँग ६२ रनको साझेदारी गरेका थिए ।