×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रदेश नं १ मा सात हजार २२६ किमि सडक विस्तार गरिने

१७ मंसिर २०७६

१७ मंसिर, विराटनगर । 

प्रदेश नं १ को सरकारले रु २०४ अर्बको लागतमा आगामी १० वर्षभित्र सात हजार २२६ किमिको प्रादेशिक सडक सञ्जाल विस्तार गर्ने गुरुयोजना सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘सडक सञ्जाल गुरुयोजना सन् २०२०–३०’ सार्वजनिक कार्यक्रममा सो जानकारी दिइएको हो । प्रदेशअन्तर्गतका १३७ स्थानीय निकायका केन्द्रसम्म सडकको पहुँज पु¥याउन आगामी १० वर्षभित्र सडक खण्डले सेवा पु¥याउने जनसंख्यालाई प्रमुख मापदण्ड बनाइ सडकको प्राथमिकिकरण गरिएको छ ।

Advertisement
Advertisement

विस्तार गरिने सडकमा प्रादेशिक लोकमार्गअन्तर्गत एक हजार ७१७ किमि दुई लेनको कालोपत्र नयाँ निर्माण वा स्तरोन्नति, सहायक प्रादेशिक लोकमार्ग दुई हजार ७८६ किमि मध्यम लेन कालोपत्रमा स्तरोन्नति र अन्य प्रादेशिक ८३ किमि ग्रावेलस्तरको हुनेछ । तराई र पहाडमा जनघनत्वको विवरण फरक भएकाले दुवैको छुट्टै प्राथमिकीकरणका आधारमा विस्तार गरिने भएको छ ।

प्रदेश सरकारले प्रत्येक वर्ष सडक निर्माणमा रु आठ अर्ब खर्च गर्ने भएकाले पाँच प्रतिशतको वार्षिक वृद्धिले आगामी दश वर्षमा १०५ अर्बको खर्च देखिन्छ भने अपुग ९९ अर्ब दातृ निकायको सहयोग लिइने भएको छ । प्रदेशअन्तर्गतका प्रादेशिक लोकमार्गका सडक ४४, सहायक लोकमार्ग ११२ र अन्य प्रदेशक सडक १५६ रहेका छन् । उक्त सडकलाई तोकिएको स्तरमा पु¥याउने ४६० सडक पुल निर्माण एवं मर्मत सम्भार गर्नुपर्ने छ ।

प्रदेशअन्तर्गतका प्रत्येक १५ किमिमा एक पुल हुने भएको जम्मा ४६० पुलमध्ये १३० को कार्य भइरहेको छ । पुल निर्माण र मर्मतसम्भारमा रु १९ अर्ब खर्च हुने जानकारी दिइयो । प्रदेश सरकारका गुरुयोजना अन्तर्गतको सडक निर्माणका लागि विश्व बैंक तथा एशियाली विकास बैंकलगायत अन्तर्गत दातृ निकायसँग आजदेखि छलफल शुरु गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री ईन्दबहादुर आङबोले संयुक्त रुपमा प्रदेश सडक गुरुयोजना आज यहाँ सार्वजनिक गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री राईले सडक गुरुयोजनाले प्रदेशको आर्थिक समृद्ध कायम गर्न ठूलो सहयोग पुग्ने बताए । उनले पहिलो पूर्वाधार सडक भएकाले गुरुयोजनाबाट प्रत्येक स्थानीय तहसमेत जोडिने भएकाले जथाभावी सडक निर्माणकार्य बन्द हुने धारणा व्यक्त गरे । उनले यस क्षेत्रका जनतालाई रोजगार, कृषि, जलविद्युत्को विकासका लागि आगामी वैशाखमा लगानी सम्मेलन गर्ने जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेशको विकासका लागि लगानी छनोट गरिएका ठूला २६ र मध्यम ६५ योजनामा निजी तथा बाह्य क्षेत्रका लागनीकर्तालाई जोड्ने विचार व्यक्त गरे । उनले यस क्षेत्रमा पर्यटनको ठूलो सम्भावना भएकोले सरकारले चाँडै नै पर्यटन विकास सम्बन्धी गुरुयोजना सार्वजनिक गरिने जानकारी दिए ।

आर्थिक मामिला तथा योजनामन्त्री आङबोले सार्वजनिक गरिएको गुरुयोजनामा सङ्घीय सरकारको वित्तीय व्यवस्थाअन्तर्गत अनुदान आउने जानकारी दिँदै मुख्य राजमार्ग निर्माणमा सङ्घीय र प्रदेश सरकारको पाँच वर्षमा रु एक खर्ब खर्च हुनेगरेको बताए । उनले क्षमता वृद्धि, दक्षजनशक्ति, बजेट कार्यान्वयन नै अहिले मुख्य चुनौती रहेको चर्चा गर्दै गुरुयोजना सम्पन्न गर्न समयमा केही लागत वृद्वि हुनेसक्ने आशङ्का व्यक्त गरे ।

Advertisement

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले सडक विस्तारबाट पर्यटनको यहाँको संस्कृति विश्व बजारमा पुग्दा यस क्षेत्रमा रोजगारीका साथै आर्थिक समृद्ध कायम हुने बताए । प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले सङ्घीय सरकारको अन्तर्गत राष्ट्रिय सहायता परिचालन नीतिअनुरुप दातृ निकायबाट सहयोग प्राप्त भई सार्वजनिक खरीद ऐनअनुरुप समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे । सो अवसरमा मन्त्रालयका सचिव राजेशप्रसाद घिमिरे र स्वीस विकास नियोगका सकिल मानन्धरले गुरुयोजनाको कार्यपत्र प्रस्तुत गरेका थिए ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top