गोदावरीमा सडक विस्तारको काम गरिरहेका स्काभेटर चालकमाथि स्थानीयद्वारा कुटपिट

१७ मंसिर ७६, बुधबार

१८ मंसिर, काठमाडौं । गोदावरीमा सडक विस्तारको काम गर्दै गरेका एक स्काभेटर चालकलाई स्थानीयले कुटपिट गरेका छन् । बुधबार बिहान आठ बजे गोदावरी बसपार्कभन्दा डेढ किलोमिटर तल पर्खाल लगाउँदै गरेका स्काभेटर चालक सन्तोष कोइरालालाई स्थानीयले हात भाँच्चिने गरी कुटपिट गरेका हुन् ।

सेन्टरबाट ८ मिटर चौडाइमा पर्खाल लगाउने क्रममा केही स्थानीय आएर आक्रमण गरेको लामा समान्तर जेभी गोदावरी सडक विस्तारका आयोजना प्रमुख विज्ञानेश्वर माकजुले जानकारी दिए।

उनको अहिले मिडसिटी पोलिक्लिनिकमा उपचार भइरहेको छ। बाडेगाउँ(गोदावरीको ३ किलोमिटरको सडक विस्तारमा पहिले सेन्टरबाट १०(१० मिटर फराकिलो बनाउने निर्णय भएको थियो। तर स्थानीयले पटकरपटक विरोध गरेपछि सहमतिमा सडक ८ मिटरमा घटाएको हो ।

सोही विवादका कारण एक वर्षसम्म काम प्रभावित भएको जेभीको भनाइ छ । एक वर्षको म्याद थपपछि जेभीले दुई महिना अघिमात्रै काम सुरू गरेको हो । समान्नतर जेभीले १० जनाविरूद्ध जाहेरी दिएको छ । आक्रमण गर्नेहरू भने फरार छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top