सागमा नेपालको ३१ स्वर्णको कीर्तिमान बराबरी, जित्ला त ५० स्वर्ण ?

१९ मंसिर, काठमाडौं ।
१३ औ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले सफल आठौं संस्करणको ३१ स्वर्णको कीर्तिमान बिहीबार बराबरी गरेको छ । तेस्रो पटक घरेलु भूमिमै आयोजना भइरहेको जारी १३ औ सागमा नेपालले बिहीबार दुई स्वर्ण थप्दै तालिकामा ३१ औं स्वर्ण र्पुयाउँदा नेपालको कीर्तिमानी साग इतिहासमा बराबरी भएको हो।

Advertisement

यस अघि २०१६ मा स्वर्ण पदक जितेकी उसुकी निमा घर्ती मगर र साइक्लिङका लक्ष्मी मगरले स्वर्ण जितेपछि १३ औं सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।जुन साग इतिहासमा सन् १९९९ मा जितेको सर्वाधिक ३१ स्वर्ण सँग बराबरी भएको हो। १३ औं साग भर्खर पाँचौ दिनमा चल्दैछ। अझै ५ दिनको खेल हुन बाँकी छ। यस पटक नेपालले ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ। नेपालले यस पटक १९९९ को कीर्तिमान तोड्ने पक्का भएपनि यस अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले उद्घोष गरेको ५० स्वर्ण जित्छ कि जित्दैन हेर्न बाँकी छ।

आज बिहीवार नेपालले अझै तेक्वान्दोमा ६ स्वर्णका लागि खेल्दैछ भने पौडीमा पनि बिहीबारै ८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। यस्तै उसुको सान्डातर्फ नेपाल पाँच स्पर्धाको फाइनलमा प्रवेश गरिसकेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top